चन्द्रागिरि हिल्सले मनायो १४औं वार्षिक उत्सव, कर्मचारी पुरस्कृत

काठमाडौं । चन्द्रागिरि हिल्सले आफ्नो १४औं वार्षिक उत्सव मनाएको छ। कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरूको मुख्य आतिथ्यतामा गत आइतबार वार्षिक उत्सव मनाइएको हो।

वार्षिक उत्सव समारोहमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबैभन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जना कर्मचारीलाई प्रमाणपत्र, चाँदीको लकेट, एक रातको लागि परिवारसहित नि:शुल्क रिसोर्ट बस्ने भौचर कुपनसमेत प्रदान गरिएको थियो।

कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरूलाई तोकिएको जिम्मेवारी अनुसारको काम गर्न सफल भएका दुई जना कर्मचारीलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने सामान उपहारकोस्वरूप प्रदान गरिएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस