टेक एक्स २०२३ सम्पन्न, रोबो वारमा भाइपर स्ट्राइक प्रथम

काठमाडौँ । सफ्टवेरिकाद्वारा आफ्नो कलेज परिसरमा आयोजित स्मार्ट टेक्नोलोजीसम्बन्धी ‘टेक एक्सपो’ प्रदर्शनी सम्पन्न भएको छ । राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाडौँको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए ।

कार्यक्रममा ३० भन्दा बढी नवप्रवर्तनहरू थिए । यसको मुख्य आकर्षण रोबोटको लडाकु ‘रोबो वार’ थियो । कार्यक्रमको अन्तिम दिन टोली ‘भाइपर स्ट्राइक’ ले रोबो वार जित्यो भने ‘काजाडोर’ उपविजेता बनेको थियो । विजेता टोलीले क्रमश: ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

कार्यक्रमको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रर्दशन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस