काठमाडाैं । पोखराबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजको पांग्रामा मुसा देखिएपछि उडान रद्द भएको छ ।
आज (सोमबार) मध्याह्न ११ः५० बजे उड्न तयार रहेको जहाजको पांग्रा आसपास मुसा देखिएपछि उडान नम्बर ६७८ रद्द भएको हो । यात्रु र विमानका कर्मचारीले मुसा देखेपछि विमानस्थललाई जानकारी गराइएको थियो ।
उक्त विमानलाई पोखरामै राखिएको र प्राविधिकले उडानयोग्य भएको रिपोर्ट दिएपछि मात्र उड्न अनुमति दिइने विमानस्थलकी निमित्त प्रमुख जशोदा सुवेदीले जानकारी दिइन् । उनकाअनुसार विमानका ६० जना यात्रुलाई यती एयरलाइन्सले अर्को विमानमा काठमाडौं पठाएको छ ।
तपाईंको प्रतिकृया




