अंश विवादले आफन्तबाटै ३३ वर्षीया मञ्जुको हत्या, ३ महिलासहित ४ जना पक्राउ

काठमाडौँ । कैलालीकी मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर-४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल, अछामको पञ्चदेवल विनायक नगरपालिका-६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई प्रहरीले पक्राउ गरेको हाे ।

मृतक मञ्जुका छोरा विवेक रावलले असार १ गते आमाको खोजतलासका लागि इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । मृतक मञ्जु रावल र गोमा रावल बिच अंशको विषयलाई लिएर विवाद भईरहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । जग्गाको विषयलाई लिएर मञ्जु रावलको हत्या गर्ने योजना बनाइएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् ।

प्रतिवादी सरिता रावलको बयान र उनले देखाएको स्थान कैलालीको मोहन्याल गाउँपालिका-५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको अवस्थामा मञ्जुको शव आइतबार फेला परेको थियो ।

लम्की चुहा नगरपालिका-४ भल्काकी ३३ वर्षीया मञ्जु रावल जेठ २५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनी घरबाट गएको र सोही दिनको साँझदेखि बेपत्ता थिइन् । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस