ट्याक्टरसँग बाइक ठोक्किँदा चालक प्रहरी जवानको मृत्यु, पछाडि सवार जवान गम्भीर

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत आइतबार साँझ सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टर र विपरीत दिसातर्फ जाँदै गरेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत रहेका थिए ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हेमराज ताउडाको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस