राकेशकुमार अडुकियाको कारखाना छाडेर घरमामात्रै छापा

काठमाडौँ । करिब सय किलो सुन तस्करीमा मुछिएका विवादास्पद व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मार्दा फेला पार्न नसकी विभागको टोली केही कागजात मात्र लिएर फर्केको छ । कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेको विभागको टोलीको नजर मालिगाउँस्थित कारखानामा भने परेको छैन ।

हङकङमा कार्यालय खोलेर सुन तस्करीमा लागेका अडुकियाले चाँदीमा मिसाएर सुन तस्करी गरिरहेका थिए । उनले चाँदीमा मिसाएर ल्याएको सुन छुट्याउन मालीगाउँमा कारखाना खोलेको बताइएको छ । विभागको टोलीले त्यहाँ नपुगी घरमा मात्रै छापा मारेको एक व्यापारीले बताए । ‘उनले विगत लामो समयदेखि चाँदीको कारोबार गर्दै आएको थियो ।

विमानस्थल भन्सारमा चाँदीको राजस्व तिरेर सुन ल्याउने र काठमाडौंमा छुट्याउने गरिएको थियो,’ उनले भने । राजस्व अनुसन्धान विभागले खोजी गरिरहेका अडुकियाका बाबुछोराले नै मुलुक छाडेको अनुमान गरिएको छ । –नागरिक दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस