टोखामा सुन प्रशोधन गर्ने कारखाना, राजस्व अनुसन्धानद्वारा सिल

काठमाडौँ । काठमाडौँको टोखामा सुन प्रशोधन गर्ने कारखाना फेला परेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय निजकबाट एक क्विन्टल सुन बरामद भएपछि सुनतस्करीको जालो पहिल्याउने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले उक्त कारखाना फेला पारेको हो ।

शुक्रबार र शनिबारको स्थलगत अनुसन्धानबाट टोखाको एक कृषि फार्मभित्र सञ्चालित उक्त कारखाना फेला पारी विभागको टोलीले सील समेत गरेको छ । अनुसन्धान अनुसार त्रिभुवन विमानस्थल भन्सारबाट तस्करी भई आएको सुनलाई पहिला बालुवाटारस्थित ली जिक्वाङको कारखानामा लगिने गरेको र त्यसपछि प्रशोधनका लागि टोखा पुर्‍याउने गरेको पाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री