व्यवसायीको ३५ तोला सुन लिएका डिएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौं । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरिएको छ । व्यवसायीको सुन लिएको आरोपमा निलम्बनमा परेका उनी बर्खास्तीमा परेका हुन् ।

गृह मन्त्रालयले बुधबार केसीलाई सेवाबाट हटाएको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाइएको छ । केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

यसअघि प्रहरीले आन्तरिक छानबिन गर्दा पनि उनी दोषी रहेको ठहर गरेको थियो । बुटवलमा रहँदा ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेकसहित उनलाई पक्राउ गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री