काठमाडौँ । इलाका प्रहरी कार्यालय भिमगिठे बागलुङका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल मृत भेटिएका छन् । उनी बडिगाड गाउँपालिका-६ स्थित आशा होटलमा मृत भेटिएका हुन् ।
बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठकाअनुसार पौडेल होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत भेटिएका थिए । पर्दाको पासो लगाएर झुण्डिएको देखेपछि होटेल साहुजीको छोराले पासो काटेको बुझिएको छ ।
पासो काटेपछि वडाध्यक्षलाई खबर गरिएको थियो । प्रजिअ श्रेष्ठले भनिन्, ‘अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।’ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




