बरामद भएको सुन बट्टासहितै जोख्दा १५५ केजी पुग्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुन राष्ट्र बैंकले सुनको तौल लिएको छ । उक्त बट्टा (ब्रेक शु)सहित जोख्दा १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभाग स्रोतले जनाएको ट ।

बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो । बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो ।

‘कुल एक सय ६० वटा ब्रेक शु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन छ । अब ती ब्रेक शुबाट सुन निकालेर जोखिने तयारी छ । ‘ब्रेक शुभित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ स्रोतले भन्यो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री