दराजद्वारा ‘महाबचत बजार’को औपचारिक घोषणा

काठमाडाैं । दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ। यस अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको जनाएको छ। दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य  थुप्रै सेवाहरु प्रदान गर्दछ।

उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई–सेवा, आईएमई पे र अन्य बैंकहरु मार्फत प्रि–पेमेन्ट्को पनि व्यवस्था गरेको छ जसमा ग्राहकहरुले १० प्रतिशत छुट (अधिकतम रु १०००) र १५ प्रतिशत छुट (अधिकतम रु १५००) प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, यस अभियानको गिभअवे प्राइजमा पानासोनिक २७० एल इन्भर्टर फ्रस्ट फ्री डबल डोर रेफ्रीजेरेटर, पानासोनिक ५५ इन्च ४के एचडीआर स्मार्ट एन्ड्रोेइड एलईडी टीभी र पानासोनिक ८ केजी फ्रन्ट लोड वासिङ मेसिन समावेश छ। मेगा गिवअवे पुरस्कार जित्नको लागि ग्राहकले न्यूनतम रु. ३५०० को प्रि–पेमेन्ट गर्नुपर्ने हुन्छ।

महाबचत बजारको बारेमा बोल्दै दराजकी मार्केटिङ हेड विधा प्रधानले भनिन्, ‘यस महाबचत अभियानमा ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिइ बचत गर्न सकिने, त्यसैले दराज एपमा गई सपिङको मज्जा लिन हामी ग्राहकवर्गमा अनुरोध गर्दछौँ।’

बैंक पार्ट्नर
दराजले महाबचत बजार अभियानमा आफ्ना ग्राहकहरूलाई अधिकतम छुट उपलब्ध गराउन विभिन्न बैंकहरूसँग साझेदारी गरेको छ। जसमा सानिमा बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड,एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड रहेका छन्।

ब्रान्ड पार्ट्नर
दराज अभियानको बेला होस् या अरु कुनै दिन, दराजले सधैं आफ्ना ग्राहकहरुलाई उचित अफर र डिस्काउन्ट दिनको लागि आकर्षक ब्रान्ड अफरहरु लिएर आउने गर्दछ। त्यस्तै, दराजले महाबचत बजार अभियानलाई निरन्तरता दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग साझेदारी गरेको छ जसमा यस अवधिभर उनिहरुले अधिकतम छुट पाउन सक्नेछन्।

ग्राहकहरुले अब सिटाफिलमा फ्ल्याट १५ प्रतिशत छुट, मामाअर्थमा १५ प्रतिशतसम्म छुट, हुन्डाईमा ३७ प्रतिशतसम्म छुट, वनप्लसमा ३० प्रतिशतसम्म छुट, वनलाइन प्लसबाट फ्री डेलिभरी र एक्सक्लुसिभ भाउचरहरू, मस्कलब्लेजमा ४० प्रतिशतसम्म छुट, र गोल्डस्टार फुटवेयर मा ४० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप