सुनकाण्डले राष्ट्रलाई नै लज्जित बनायो : एमाले महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीका घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सडकमात्रै नभएर हवाई मार्गबाटसमेत सुन तस्करीका घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका हुन् ।

तस्करीका घटनामा सरकारको नेतृत्व गरिरहेका दलकै नेताको नाम मुछिनु गम्भीर विषय भएको उनको भनाई छ । ‘केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एयरपोर्टको सुरक्षा प्रणालीलाई पारगरेर बाहिरिएको एक क्विन्टल सुन समातिएको छ,’ उनी भन्छन्, ‘एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ ।’

सांसदहरूले यसबारे कुरा उठाउनुपर्ने महासचिव पोखरेलले बताए । ‘राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधिमुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रूपमा जानु आवश्यक छ,’ उनले भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

tihar-1024x569/चाडबाडको नाममा फैलियो विकृति

आज तिहारको कुनै पर्व छैन, भोलि गोवर्धन पूजा

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहॊस