कांग्रेस बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने भएको हो ।

गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित जिल्ला सभापतिहरूसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले धारणा राखिसकेका थिए । जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखिसकेका छन् ।

यस्तै, हिजोको बैठकमा गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशीला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखिसकेका हुन्।

यस्तै आमन्त्रित प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बाँनिया (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) लेसमेत आ–आफ्ना धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds