काठमाडौं । सरकार नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सुल्क तथा दस्तुर छुटसम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।
यस्तै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण पनि स्वीकृति भएको छ । इटालीमा आयोजना हुने युनाइटेड नेशन फुट सिस्टम कार्यक्रमका लागि प्रधानमन्त्रीसँगै कृषि मन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था छ ।
यसैगरी सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रविन मल्ललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ । डा. मल्ल सोही अस्पतालमा कार्यरत छन् ।
तपाईंको प्रतिकृया




