रास्वपाले किन गर्‍यो संसद् किन घेराउ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटसले लेख्दै गम्भीर विषयलाई विषयान्तर गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले कयौँले जानाजान बुझ पचाएको आरोप लगाएका छन् । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पढ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरू नै विवादतिर जबरजस्ती मोड्न खोजेको कयौँले बुझ्नै भ्याउनु भएको छैन,’ सभापति लामिछानेले भनेका छन्, ‘कयौँले जानाजान बुझ पचाउनु भएको छ । हामीले के बोल्यौँ त्यो अझै सुरक्षित छ । त्यसमा बहस अझै गरौँला । तर, यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त ।’

रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर अनावश्यक गाली नगर्न पनि उनले आग्रह गरे । ‘राजनीतिको मूलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन–कुन दल र त्यस दलका नेता कार्यकर्ताहरूलाई स्वीकार्य हुने हो ? स्पष्ट हुनु पर्छ कि पर्दैन ?,’ उनले अगाडि भने, ‘रगत उम्लिने गरी रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरू तथा विज्ञप्ति, मिडिया इन्टरभ्यु र आर्टिकलहरू ठेलिरहनु भएका विज्ञज्युहरु, छातीमा हात राखेर भन्नुहोस्, यति बेला बहस के’मा हुनुपर्थ्यो ?’

रविको स्टाटस
रास्वपाले संसद किन घेराउ गर्यो? होला संसदीय अभ्यासमा नयाँ छौ, प्रक्रियामा कमजोरी देखिएलान् । तर केही नेपाल ऐन लाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पठ्नुस् त!! यस्तो गंभिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन कयौंले जाना जान बुझ पचाउनु भएको छ। हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ।त्यसमा बहस अझै गरौला तर यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त। राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा बिचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने हो? स्पष्ट हुनु पर्छ कि पर्दैन? रगत उम्लिने गरि रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरु तथा विज्ञप्ति, मिडिया इन्टरव्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातिमा हात राखेर भन्नुहोस्, यति बेला वहस के मा हुनु पर्थ्यो? गम्भीर विषयबाट तपाईंको ध्यान किन मोड्न खोजिदैछ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्!!! यो विधेयक विरुद्ध हामी सदनमा उभियौ तर त्यसदिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटर ब्याज सम्बन्धि विधेयक रोकियो, जुन सोही दिनको कार्यसुचीमा थियो। विधेयक माथी छलफल त बाँकी छ थाहा छ तर हामी यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहन्थ्यौं। समाचारहरु त बने रास्वपा झुक्कियो, झुक्क्कियौ होला। तर भन्नुस्,नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कस्लाई के का लागि झुक्याउने खेल हुदैछ। खोइ यथेष्ट समाचार, खोइ बहस, खोइ बिज्ञप्ति, खोइ अन्तरवार्ता?? यी तमाम प्रश्नको उत्तर पाए पछि रास्वपा लाई मजाले गाली गर्नु होला, रगत उम्लिने गरि। हैट..

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री