काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । खोटाङको मजुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौँको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे पक्राउ परेका हुन् ।
फोन म्यासेजमार्फत धम्की अर्याललाई २९ असार राती साढे १ बजेको समयमा धम्की आएको थियो । कालिकोटेलाई काठमाडौँको कपनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्की पत्रकार सम्मेलनमा बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



