धानको विक्री मूल्य निर्धारणदेखि फिल्म स्टुडियो बनाउनेसम्म ( मन्त्रिपरिषद्का १५ निर्णय)

काठमाडौं – सरकारले भारतको गुजरातमा हुन लागेको विश्वका विकसित र विकासशील मुलुकहरूको समूह जी-२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

असार २६ गते भएको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, सरकारले समानीकरण अनुदानतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रकम हस्तान्तरण गर्ने निर्णय गरेको शर्माले जानकारी दिइन् ।

उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम १२ अर्ब ७३ करोड ६ लाखको ४० प्रतिशतका दरले हुने पाँच अर्ब नौ करोड २२ लाख रकम स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने निर्णय भएको हो ।

बैठकले परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको प्रतिनिधि मण्डललाई थाइल्याण्डमा आयोजना हुने बिमस्टेक परराष्ट्र मन्त्रीको रिट्रिटमा भाग लिनका लागि स्वीकृत दिने तथा अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई जी-२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिनका लागि पनि स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो । आर्थिक २०८०-०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो । सरकारले दोलखामा पनि फिल्म स्टुडियो निर्माण थालेको छ तर निर्माण कार्य सुस्त गतिमा छ ।

धानको विक्री मूल्य तोकियो
सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ । २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो ।

नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ । गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।

गत वर्ष सरकारले ढिला गरी १६ कात्तिकमा धानको समर्थन मूल्य तोकेको थियो । तत्कालीन नेकपाका नेता घनश्याम भुसाल कृषि मन्त्री भएपछि पहिलो पटक बाली लगाउनु पूर्व नै बालीको न्यूनतम समर्थन मूल्य तोक्ने कार्यको थालनी भएको थियो ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू :-

1 31 32 3

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री