काठमाडाैं । राष्ट्र बैंकले मलेसियामा रेमिटेन्स कारोबार गर्दै आएको म्याक्स मनी एसडिएन बिएचडीलाई रेमिटेन्स कारोबारमा रोक लगाएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी लगायतलाई सो संस्थासँग बाँकी वक्यौता लिनपर्ने भएमा त्यस्तो कारोबार मात्र गर्न निर्देशन दिएको छ ।
कम्पनीलाई यसअघि २०७५ मा लगाइएको प्रतिबन्ध २०७६ मा खोलिएको थियो । प्रतिबन्ध खोल्दा राखिएका शर्तहरूको पालना नगरेको भन्दै राष्ट्र बैंकले वक्यौता लिने बाहेकका कारोबार नगर्न रोक लगाइएको हो ।
तपाईंको प्रतिकृया




