फाइल फोटो

आज हावाहुरीको जोखिम, भारी वर्षा पनि (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds