नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ ।

विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो ।

नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ । विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस