नेपाली श्रमिकमार्फत अवैध रुपमा कतारबाट सुन तस्करी गरेको आरोपमा १२ जना पक्राउ

काठमाडौँ । गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साह छन् ।

कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा निजहरूलाई सम्पर्क गरी नेपाल पुग्दा होटलमा खानबस्न फ्रि, घर जाने बेलामा पैसा दिने र घरमा पु¥याइदिने भन्दै सुन तस्करी गरी ल्याउने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री