काठमाडौँ । ठमेलस्थित चर्चित नाइट क्लब एलओडीमा बालिया बलात्कृत भएको घटनामा सञ्चालक रुदिलबल्लव श्रेष्ठ पक्राउ परेका छन् । उनले प्रहरीले बिहान साढे ९ बजे ललितपुरको कुपन्डालेबाट पक्राउ परेको हो ।
यसअघि बिहीबार सञ्चालक राजुसिंह सुवाललाई बालुवाटारबाट पक्राउ गरिएको थियो । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरू सुवाल र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पक्राउ पुर्जीको आधारमा हिजो र आज गरी दुवै जना पक्रा परेका हुन् ।
एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो । कम्पनी रजिस्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा रुदिलवल्लव र राजुसिंहमात्र सञ्चालक देखिन्छ । त्यसैले उनीहरुविरुद्ध पक्राउ पुर्जी लिइएको थियो ।
उनीहरूलाई आजै जिल्ला अदालतमा पेस गरिने भएको छ । बालबालिका कसुरमा मुद्दा लगाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।




