पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले घटाएको पेट्रोलियम पदार्थ मूल्य लागू भएको छ । गएराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टितेलमा घटाइएको मूल्य लागू भएको हो ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर ७,५०,६ र ५ रुपैयाँले घटाइएको छ ।

अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ । विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६७।५ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४७।५ रुपैयाँ पर्ने छ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्नेछ ।

साबिकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ ९प्रति लिटर करिब १५०० रुपैयाँले ० ले घटाइएको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री