ललिता निवास जग्गा कीर्तेमा थप दुई जना पक्राउ

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो । यस प्रकरणमा प्रहरीले पछिल्लोपटक ९ जनालाई पक्राउ गरेको छ । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री