अन्तर्जातीय विवाहको निहुँमा घरमा आगजनी

काठमाडौँ । जुम्लामा अन्तर्जातीय विवाहपछि केटापक्षको घरमा आगजनी भएको छ । तातोपानी-४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी भएको हो ।

गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय नाबालिगसँग प्रेमबिहे गरेका थिए । स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय विवाह गरेका हुन् । यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएका छन् । बिहे अवैध भएपनि कानुनअनुसार अगाडि बढ्नुपर्नेमा घर नै जलाइदिएको घटना बाहिर आएको हो ।

घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ । उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए । हिक्मतमाथि आगजनी कसुरमा अनुसन्धान भइरहेको छ ।

हिक्मतविरूद्ध आइतबार नै मुकुन्दका दाजु भरत नेपालीले प्रहरीमा जाहेरी दिएका थिए । भरतका अनुसार नेपालगन्जमा अध्ययन गरिरहेका मुकुन्द केही महिनादेखि गाउँमै थिए । त्यसैबीच उनले हिक्मतकी बहिनीलाई असार ११ गते भगाएका थिए ।

पक्राउ परेका हिक्मतले आफैंले आगजनी गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन‍् । उनले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएको प्रहरी स्रोतको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस