खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडाैँ । पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो । ‘पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालन भएको छ,’ उनले भने ।

पहिरोमा परी एउटा ट्रक पनि पल्टिएको थियो । उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको विष्टले जानकारी दिए । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो ।

यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सत्तारुढ दलका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दैछ । बैठक बिहान ९ बजेपछि बस्न …

प्रतिकृया दिनुहॊस