बिगमार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको सु–अवसरमा स्मार्ट क्युआरले बिग मार्ट सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।

यस छुट अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् । यो योजना असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहनेछ भने छुट अवधिभर हरेक ग्राहकले रु ५०० सम्म छुट लिन सक्नेछन्।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मोबाइल बैंक, आईएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, पेवेल, यान क्यास साथै विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सक्नेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर …

प्रतिकृया दिनुहॊस