सुनको मूल्य बढ्यो

काठमाडौँ । आइतबार सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार तोलामा छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ लाख ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री