काठमाडौं ।– बजेटमा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी (जसपा)ले पनि बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
आज बसेको संसदीय दलको बैठले बजेटको पक्षमा मतदान गर्ने निर्णय लिँदै ह्विप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिएका छन् ।
यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले नै यथास्थितिमा बजेट पास नहुने बताउँदै आएका थिए। बजेट संसोधन नभएसम्म त्यसको पक्षमा मतदान नगर्ने घोषणा समेत गरेका थिए ।
आजको बैठकपछि भने जसपा बजेटको पक्षमा मतदान गर्ने निष्कर्षमा पुगेको हो । आजै एकीकृत समाजवादीले पनि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
तपाईंको प्रतिकृया



