वान एक्स बेटको प्रचार गर्ने थप एक युट्युबर पक्राउ

काठमाडौं – वान एक्स बेटको प्रचार गर्ने गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो युट्युब च्यानलबाट वान एक्स बेटको प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड दिएर विज्ञापन गरेको आरोपमा प्रहरीले २२ वर्षीय युटुबर राजकुमार थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको स्थायी घर काभ्रेपलाञ्चोकको तेमाल–८ हो । हाल उनी बूढानीलकण्ठ बस्दै आएका थिए । उनीलाई सटेबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ ।

केहीदिन अगाडि वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठजनालाई युट्युबरलाई पक्राउ गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री