आइतबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री