जोरपाटीको ‘सानो बजार’ मा कुमारी बैंकको क्यूआर सुविधा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले काठमाडौं जोरपाटीस्थित सानो बजारका व्यवसायीहरूका लागि क्यूआर सुविधा ल्याएको छ।

स्थानीय ग्राहकहरूको दैनिक आवश्यकीय सामग्री तथा वस्तुहरु एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले साना–साना बिक्रेताहरुलाई एकीकृत गरी सानो बजारको निर्माण भएको हो। यसलाई टेवा पुर्याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंकले क्यूआर सुविधा ल्याएको जनाएको छ।

आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने यस क्यूआर सुविधा सानो बजारको लागि सहज कारोबारको विकल्प बन्ने कुरामा बैंक विश्वस्त छ।

यसै क्यूआर सुविधालाई टेवा पुर्याउन र डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि बैंकले सानो बजारमा निःशुल्क वाइफाइ सुविधा पनि उपलब्ध गराएको छ। साथै कुमारी बैंक लिमिटेडले यी बिक्रेताहरुको सुरक्षाको लागि सानो बजारमा सीसी–क्यामेराको पनि व्यवस्था गरेको छ।

सानो बजारको उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे र शान्ति श्रेष्ठ तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाल उपप्रमुख सान्नानी लामा उपस्थित थिए।

यस्तै, वडा नं ५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदी, वडा नं ६ का वडअध्यक्ष नवराज लामा, पूर्वसंघीय सांसद कृष्ण राई तथा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याल लगायत स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाइ सहितका सञ्जालहरु मार्फत आ आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री