पूर्व बैंकर रविना देशराजले कसिन् लगनगाँठो

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू रविनाले बिहीबार प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कसेकी हुन् ।

स्टुआर्ट बेलायती नागरिक हुन् । केही दिनअघि रविनाको निजी निवासमा मेहन्दी सेरेमनी भएको थियो । आमाको विवाहमा आयुष्मान र आशिरमान दुवै हर्षित देखिएका छन् ।

सेलेब्रेटी बैंकरको रूपमा परिचित रविना मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिइन् । केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन् । हजुरआमा भैसकेकी रविनाले धुमधामले गरेको विवाहको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अनिषालाई ‘मिस हृयुमानिटी’को उपाधि

काठमाडौं । कम्बोडियामा आयोजित मिस प्लानेट प्रतियोगितामा नेपालकी अनिषा पराजुलीले ‘मिस हृयुमानिटी’को टाइटल चुम्नुभएको छ …

प्रतिकृया दिनुहॊस