काठमाडौँ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा ओखलढुंगामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार राति पहिरोमा परी ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी पत्नी ३१ वर्षीया शिवमाया र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको हो ।
उनीहरूका छोरा १० वर्षका दिनेश गुरुङ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरीका डिएसपी दीपकबहादुर केसीले बताए । पहिरोले रणबहादुरको तीन घर बगाएको हो ।
स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र नरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरू भागेर जोगिन सफल भएका थिए । प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित छन् ।
तपाईंको प्रतिकृया




