रास्वपाको प्रशिक्षण विभाग प्रमुखमा अनीलकेशरी शाह

काठमाडौँ । बैंकरको परिचय बनाएका अनीलकेशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उनलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।

केन्द्रीय सदस्य गणेश कार्कीकाअनुसार शाह केही दिनअघि रास्वपा प्रवेश गरेका हुन् । उनी स्ट्यान्डर्ड चार्टर्ड, नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् ।

पहिलो स्थापना दिवसको अवसरमा रास्वपाले दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ । जसमा प्रधानमन्त्री, मन्त्री, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बढे जुवाडेः विभिन्न स्थानबाट जुवातास खेलिरहेका ३९ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ । जसमा …

प्रतिकृया दिनुहॊस