काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गई रहेको छ । बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रति तोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
प्रतिकृया दिनुहॊस