चार पटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल

कठमाडौं । नेपालले आज आफ्नो तेस्रो खेल आइसिसी एकदिवसीय विश्वकप छनोटमा चार पटककको विश्वकप विजेता वेस्ट इन्डिजको सामना गर्ने छन् । विश्वकप छनोट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध हुने खेल नेपालको एकदिवसीय मान्यताप्राप्त भएयता टेस्ट राष्ट्रसँगको केवल दोस्रो खेल हो ।

चार पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजसँग पहिलोपल्ट खेल्न लागेको हो नेपाल । वेस्ट इन्डिजसँग पहिलो खेल भएपनि नेपाल विपक्षी टोलीबारे पूरा जानकार छ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक हुन् । २०१९ देखी २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गरेका थिए । मोन्टीलाई वेस्ट इन्डिजका ब्याटरको कमजोरी राम्रोसँग थाहाछ । त्यसैले मोन्टी आज निर्णायक बन्न सक्छन् ।

जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो । ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समीक्षकहरूले नेपालले गौरव गर्नु पर्ने टिप्पणी गरेका छन् ।

देसाई आउनुअघि नेपाल विश्वकप लिग २ को पुछारबाट दोस्रो स्थानमा थियो । तर, १२ मध्ये ११ खेल जित्दै नेपाल लिग २ मा तेस्रो भएर सिधै विश्वकप छनोट खेल्न जिम्बावे पुगेको हो । त्यसपछिको एसीसी प्रिमियर कपमा पनि नेपाल अपराजित रहँदै एसिया कपका लागि छनोट भएको थियो । त्यसक्रममा नेपालले ओमान, यूएईको चुनौती पन्छाएको थियो ।

जिम्बावेसँग २ सय ९० रन बनाए पनि नेपाल ४५ ओभरभित्र खेल हार्न पुगेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा २ सय ९७ रन बनाउँदै अमेरिकासँगको खेल ३९ रनले जितेको थियो । वेस्ट इन्डिजबाट अमेरिकाविरुद्ध जोहान्सन चाल्र्स ९६६०, कप्तान साई होप ९५४०, रोस्टन चेज ९५५० र पूर्व कप्तान जेसन होल्डर ९५६० ले अर्धशतक बनाएका थिए । अर्का पूर्व कप्तान निकोलस पुरनले ४३ रन जोडेका थिए । ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्यहोरेको छ । खेल नेपाली समय अनुसार १२ः१५ मा हरारे स्पोट्र्स क्लबमा सुरु हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस