बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

काठमाडौं । बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो भएको छ । बैंकहरूले कम ब्याजदरमै सरकारको अल्पकालीन तथा मध्यकालीन ऋणपत्रमा लगानी गर्न थालेपछि सरकारले उठाउने ऋणको ब्याज सस्तो भएको हो ।

सरकारले १ वर्षभन्दा कम अवधिको ऋण उठाउने औजार ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्ष (आव) कै न्यून विन्दुमा झरेको छ । मंगलवार नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोडको ट्रेजरी बिल्स विक्रीका लागि बोलकबोल आह्वान गरेकोमा बैंकहरूले चालू आवकै न्यून ब्याजदरमा खरीद गरेका छन् ।

मंगलवार राष्ट्र बैंकले २८ दिनको १० अर्ब, ९१ दिनको ९ अर्ब ५३ करोड, १८२ दिनको ६ अर्ब ३३ करोड र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । आर्थिक अभियान दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सत्तारुढ दलका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दैछ । बैठक बिहान ९ बजेपछि बस्न …

प्रतिकृया दिनुहॊस