गीतकार शिवाकोटीले ल्याए ‘कुलकुल’

काठमाडौं  । गीतकार गोविन्दराज शिवाकाटी आफ्नो नयाँ ‘कुलकुल’ गीति एल्बम तथा म्युजिक भिडियो  लिएर दर्शकमाझ आएका छन् । उनको एल्बम तथा म्युजिक भिडियो वरिष्ठ गीतकार रत्न शमशेर थापा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी र गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको संयुक्त रुपमा बिमोचन गरे। गीतकारसमेत रहेका कृष्ण भट्टराइको एकल स्वर रहेको एल्बममा ‘आज फेरि..’ र ‘तिमीलाई नदेख्दा…’ बोलका गीत समेटिएका छन् ।
ती गीतमा गीतहरुको सगीत वरिष्ठ संगीतकार शंकर थापा, धनु ग्याङमी र अर्जुन पोखरेलले सगीत दिएका छन् । यस्तै कुलकुल बोलको म्युजिक भिडियोमा नायिका बर्षा राउत र विनोद न्यौपानेले अभिनय गरेका छन् । कुलकुल म्युजिक भिडियोले दर्शकलाई नचाउने छ । सरकारी सेवामा रहेका शिवाकोटी कविता, गीत, गजल र मुक्तक लेखनमा सक्रिय छन् ।
एल्बम र म्युजिक भिडियो डस म्युजिकले बजारमा ल्याएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after