सिँचाइ विभागका पूर्वमहानिर्देशक राजभण्डारीविरुद्ध ३ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार राजभण्डारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ सम्म उनले जम्मा तीन करोड पचासी लाख एकाउन्न हजार सात सय चालीस रुपैयाँ अड् चालीस पैसा वैध तरिकाले आर्जन गरेको देखिन्छ । तर उनको कुल सम्पत्ति भने सात करोड बयालीस लाख उनन्तीस हजार छयासी रुपैयाँ बैसठ्ठी पैसा देखिएपछि भ्रष्टाचार भएको ठहर अख्तियारको छ ।

राजभण्डारीले पदको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती दीपा श्रेष्ठको नाममा समेत देखिएकाले हाल कायम सम्पत्ति मध्येबाट बिगो जफत गरी पाउन मागदावी लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री