ईसेवाबाट कारोबार गर्दा आईफोन १४ जित्न सकिने

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ईसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ।

नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत Cashback जित्न सकिने अफर सार्बजनिक गरेको हो।

यस योजनामा सहभागी हुन Send Money बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ। साथै यस योजनामा प्रोमोकोड ‘FIRST10’ प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (रु. २० सम्म) को Cashback समेत पाउन सकिनेछ।

ईसेवाले सार्बजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ। यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ। प्रोमोकोड मार्फत प्राप्त हुने Cashback रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ।

भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिनेछ। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

काठमाडौं । गरिमा क्यापिटलले बम्पर दशैंतिहार अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले बडा दशैं, शुभ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds