के एल दुगड समूहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान

काठमाडौँ । के एल दुगड समूहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समूह अन्तर्गतका काठमाडौँ कर्पोरेट अफिस तथा विराटनगर, वीरगन्ज र नेपालगन्जका कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

समूह अन्तर्गत कार्यरत कर्मचारीहरूद्वारा नै रक्तदान गरिएको हो । काठमाडौँ, विराटनगर, वीरगन्ज र नेपालगन्ज कार्यालय गरी कुल ११६ कर्मचारीद्वारा रक्तदान गरी ११६ पाइन्ट रगत संकलन गरिएको थियो । विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा “रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्” मा केन्द्रित रही यस समूहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो ।

यस के एल दुगड समूहले, यस्ता किसिमका सामाजिक कार्य बिगतमा पनि गर्दै आइरहेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने कुरा व्यक्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तिहारमा साढे १९ करोडको सुनचाँदीका सिक्का बिक्री

काठमाडौं । यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागमार्फत् साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । यो बिक्री कात्तिक ११ देखि १४ गतेसम्म भएको थियो । कात्तिक १३ गते धनतेरसको दिन एक मात्र दिनका लागि मात्र सुनका सिक्का (असर्फी) बिक्री गरिएको थियो, जहाँ १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए । प्रति थान असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहॊस