प्रभु बैंक र Nathan Associates London बिच सम्झौता

काठमाडाैँ । प्रभु बैंक लिमिटेड र British International Investment (BII), Dutch Entrepreneurial Development Bank (FMO) र  Swiss Agency for Development & Cooperation (SDC) द्वारा संयुक्त रुपमा स्थापना भएको Nathan Associates London Ltd द्वारा कार्यान्वयन गरीने कार्यक्रम Invest for Impact Nepal (IIN) सँग Environment Social and Governance (ESG) and Investment Readiness सम्बन्धि सहकार्यका लागि सम्झौता भएको छ ।

Nathan Associates London Ltd का उप सभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र IIN का तर्फबाट  Nathan Associates London का नेपाल प्रतिनिधि बिबेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात प्रभु बैंक लिमिटेड र IIN को संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर Environment Social and Governance (ESG) को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस