प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

 काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष शिक्षा भट्टचन चयन भएकी छिन्। गत जेठ २६ गते भएको साधारणसभाले कम्पनीको अध्यक्षमा उनलाई निर्वाचित गरेको हो।

संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष भट्टचनसहित चार जना सञ्चालक निर्वाचित गरिएको हो। अध्यक्ष भट्टचनका साथै सदस्यहरू सुशान शेचरन, मिजास भट्टचन र श्याम कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन्।

शिक्षा देवीप्रकाश भट्टचनको छोरी हुन्। उनी यसअघि प्रभु इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य थिइन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस