साउन १ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले साउन १ गतेदेखि वैदेशिक रोजगारीका लागि धेरै नेपाली रहेका देशहरुमा मतदाता नामावली संकलन गर्ने भएको छ । संसद्‍को राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले धेरै नेपाली कार्यरत दुबई, मलेसिया, कोरिया लगायत देशबाट मतदाता नामावली संकलन सुरु गरिने जानकारी दिएका हुन् ।

सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारीमार्फत नै मतदाता नामावली संकलन गरिने उनको भनाइ छ । प्रमुख आयुक्त थपलियाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सरकारले नसच्याए साउन १ गतेदेखि काम ठप्प हुने चेतावनी दिए । सरकारले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयबाट निर्वाचनसम्बन्धी कार्य सन्चालन गर्ने घोषणा गरेको थियो । समितिको बैठकमा सदस्यहरुले निर्वाचन प्रणालीमा सुधारको खाँचो रहेको औंल्याएका थिए ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको घोषणाप्रति आयोगले असन्तुष्टि जनाइरहेका बेला समितिले आयोगका पदाधिकारीहरुसँग एकीकृत निर्वाचन कानुन, निर्वाचन प्रणाली सुधार लगायत विषयमा छलफल गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री