प्रधानन्यायाधीश नियुक्तिको निर्णय असार गर्ने तयारी

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल सुरु भएको छ । सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल भएको हो ।

कार्कीविरुद्ध यही जेठ १७ देखि १० दिनको समय दिएर उजुरी आह्वान भएकोमा २९ वटा उजुरी परेका छन् । उजुरीको अध्ययन र छलफलपछि कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय असार १ गते निर्णय गर्ने तयारी गरिएको हो ।

उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ । कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । आइतबारमात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो ।

न्याय परिषद् सचिवालयले आइतबार एक पत्र पठाउँदै ६५ वर्षे उमेरहदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री