काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बजेट घटेर आएको छ । महाकाली सिँचाइ तेस्रो चरण र महाकाली करिडोरको बजेट घटेको हो ।
बजेट अभावका कारण निमार्णले गति लिन नसकिरहेका बेला यसवर्ष पनि मागअनुसार बजेट नआउँदा आयोजनाको काम पछि धकेलिने चिन्ता थपिएको छ । महाकाली सिँचाइ आयोजना बजेट अभावका कारण पन्ध्र वर्षसम्म २८ किलोमिटर मूल नहर मात्रै निर्माण भएको छ ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले माग अनुसार बजेट नआएको बताए । ‘आगामी आर्थिक वर्षमा आयोजनाका लागि रु एक अर्ब १७ करोड बजेट विनियोजन भएको छ’ उनले भने ‘चालु आर्थिक वर्षमा रु एक अर्ब २३ करोड बजेट छुट्याइएको थियो ।’
आयोजनाका लागि आव २०८०/८१ का लागि रु दुई अर्ब बजेट माग गरिएकामा रु एक अर्ब १७ करोड विनियोजन भएको इन्जिनियर पण्डितले जानकारी दिए । माग भन्दा निकै कम बजेट आएपछि आयोजना निमार्णको काम प्रभावित हुने उनको भनाइ थियो ।
प्रतिकृया दिनुहॊस