रुस्लान भोड्काले पार गर्‍यो उत्पादनको ५०औं वर्ष

काठमाडाैँ । रुस्लानले भोड्का उत्पादनको ५०औं वर्ष पार गरेको छ। सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको बताइएको छ।

यस ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ। हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको छ। जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिने कम्पनीको भनाइ छ।

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टीलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ। ग्राहकको चाहनालाई मध्यनजर गर्दै सिर्जनशिलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको छ र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्च स्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

हाल सार्वजनिक गरिएको बोतल यसैको निरन्तरताको स्वरुप रहेको कम्पनीले बताएको छ। रुस्लान भोड्का ७५० एमएल, ३७५ एमएल र १८० एमएलको प्रिमियम बोतलहरूमा पाउन सकिने कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस