काठमाडाैँ । धनुषामा एक दम्पतीमाथि खुकुरी प्रहार भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका–६ सिरसिया बस्ने ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट दुवै जना गम्भीर घाइते भएका छन् । यादव दम्पतीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । श्रीमान दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँपट्टी काटिएको छ ।
शनिबार साँझ ७ बजे उनीहरू घरमै बसिरहेको बेला स्थानीय ६५ वर्षीय लट्टु यादवले अचानक खुकुरी प्रहार गरेका थिए । स्थानीयका अनुसार खुकुरी प्रहार गर्ने लट्टुको मानसिक सन्तुलन ठीक छैन ।
तपाईंको प्रतिकृया




