सर्वोच्चले मगायाे प्रमाणिकरण गरिएको नागरिकता विधेयकको प्रतिलिपि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा प्रमाणिकरण गरेको नागरिकता विधेयकको प्रतिलिपि पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरु प्रकाशमान सिंह राउत र सुस्मलता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

यसअघि २१ जेठमा नागरिकता विधेयक तत्काल कार्यान्वयनमा नलैजान अल्पकालीन अन्तरिम आदेश दिएको थियो । राष्ट्रपतिले निष्क्रिय रहेको विधेयक प्रमाणिकरण गरेको भन्दै त्यसविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेसहितले रिट हालेका थिए ।

यो विधेयक संसदमा नलगी प्रमाणिकरण गरिएको भन्द्र प्रतिपक्षी दलहरु नेकपा एमाले, रास्वपा र राप्रपाले पनि संसदमा विरोध गर्दै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस